|
२०८२ भाद्र ११
काठमाण्डौँ । भुटानमा जारी साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले बंगलादेशसँग लगातार दोस्रो हार बेहोरेको छ । योसँगै नेपाल उपाधि होडबाट पनि बाहिरिएको छ ।
थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा बुधबार दिउँसो सम्पन्न खेलमा नेपाल ४-१ गोलअन्तरले पराजित भएको हो ।
पहिलो हाफको ३८औं र ४५औं मिनेटमा बंगलादेशले गोल गरेको थियो भने इन्जुरी समयमा नेपालले गोल फर्काएपछि पहिलो हाफ २-१ को अवस्थामा सकिएको थियो ।
नेपाल पहिलो खेलमा भारतसँग ७-० को फराकिलो अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई २-१ गोलअन्तरले हराउँदा तेस्रो खेलमा बंगलादेशसँग ३-० ले पराजित भएको थियो ।
नेपाल, भारत, बंगलादेश र आयोजक भुटान गरी चार टोली मात्र सहभागी रहेको प्रतियोगितामा सबैभन्दा बढी अंक जोड्ने टोलीले उपाधि जित्ने प्रावधान छ ।
नेपालले यसपछि भारत र भुटानसँग खेल्नेछ ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्