अमेरिकासँग नेपालको लज्जास्पद हार, हर्मित सिंहको घातक ६ विकेट

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ९

काठमाडौं । दुबईमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको खेलमा नेपाल अमेरिका विरुद्ध १०६ रनले पराजित भएको छ। अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ३९.१ ओभरमा १५६ रनमै अलआउट भयो।

अमेरिकी स्पिनर हर्मित सिंहले उत्कृष्ट बलिङ गर्दै ८.१ ओभरमा २७ रन खर्चेर ६ विकेट लिए।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४० रन, आसिफ शेखले ३७ र भिम शार्कीले २९ रन बनाए।

यसअघि अमेरिकाले स्मित पटेलको ७५ र मिलिन्द कुमारको अविजित ७० रनको मद्दतमा ५० ओभरमा ६ विकेट गुमाएर २६२ रन बनाएको थियो।

यस जितसँगै अमेरिका २१ खेलमा ३० अंकसहित लिग टु को शीर्ष स्थानमा पुगेको छ भने नेपाल १७ खेलबाट १२ अंकसहित सातौं स्थानमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *