टप इन्ड टी-२० सिरिजमा नेपालको लगातार दोस्रो जित

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र ४

काठमाण्डौँ । तीव्र गतिका बलर सोमपाल कामीले ५ विकेट लिएसँगै नेपालले टप इन्ड टी-२० सिरिजमा लगातार दोस्रो जित हात पारेको छ।

बुधबार सम्पन्न खेलमा नेपालले मेलबर्न रेनेगेड्सलाई रनले पराजित गरेको हो । योसँगै नेपालले ५ खेलबाट ४ अंक जोडेको छ। नेपालले यसअघि हाबार्ट हेरिकेन्सलाई ६६ रनले पराजित गरेको थियो ।

नेपालले दिएको १४० रनको सामान्य लक्ष्य पछ्याएको मेलबर्नले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १०६ रन मात्रै बनाउन सक्यो ।

मेलबर्नका अर्जुन नायरले सर्वाधिक २६ रन बनाए । २२ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे। जय लेमिरे १८ र ह्यारी डिक्सन १६ रनमा आउट भए ।

नेपालका सोमपालले सर्वाधिक ५ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले १७ रन खर्चिए । कुशल भुर्तेलले २ तथा शहाब आलम र रुपेश सिंहको नाममा समान १र१ विकेट रह्यो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *