साफ यु–१७ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ श्रावण १५

काठमाण्डौँ । नेपालले घरेलु टोली श्रीलंकासँग खेल्दै साफ यु–१७ च्याम्पियनसिपको सुरुआत गर्ने भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बिहीबार सार्वजनिक गरेको खेल तालिकाअनुसार यी दुई टोली उद्घाटन खेलमै भिड्ने भएका हुन् ।

यी दुई टोली साबिक उपविजेता बंगलादेशसँगै समूह ‘ए’ मा छ । यी दुईबीचको खेल सेप्टेम्बर १५ मा हुनेछ ।

नेपालले दोस्रो खेल सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्ने छ । हरेक समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । अर्को समूहमा साबिक विजेता भारतसँगै भुटान, माल्दिभ्स र पाकिस्तान छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *