×

नेपालले दियाे नेदरल्याण्डलाई रनको लक्ष्य

फाल्गुन १३, २०८० | दाक्सु मिडिया सम्वाददाता

काठमाडौं – आइसीसी विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपालले नेदरल्याण्डलाई रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.३ बलमा अलआउट हुँदै १७२ रन बनाएको हो ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६६ रन बनाए । करण केसीले २६, आरिफ शेखले २२, आसिफ शेखले १७ र कप्तान रोहित पौडेलले १६ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।

नेदरल्याण्डका लागि भिभियन किंग्मा र आर्यन दत्तले ३–३ विकेट लिए । बेस डे लीडेले २ र रेलोफ भान डेर मेर्वेले १ विकेट लिए । नेदरल्याण्डले अब केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: