देव खनालकाे अर्धशतकमा नेपालले युएईलाई दियो १९१ रनको लक्ष्य

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन १८

आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले युएईलाई  १९१ रनको लक्ष्य दिएको छ।  

युएईमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि देव खनालले अर्धशतक प्रहार गरे। नेपालले ४८.५ ओभरमा  १० विकेट गुमाएर  १९१  रन जोडेको छ।  

कप्तान देव खनालले ८४ रनमा ५१ रन बनाएर आउट भए। उनले ३ चौका र १ छक्का प्रहार गरे।  

त्यसअघि ओपनरद्वय दीपक बोहोरा ‘ए’ १ बलमै बिना रन आउट भए। अजुर्न कुमालले १५ बलमा ३ रन बनाएर आउट भए। आकाश त्रिपाटीले १३ बलमा ९ रन बनाएर आउट हुन पुगे।  त्यस्तै उत्तम रंगु थापा मगरले ४८ बलमा ३६ रन बनाएर आउट हुन पुगे। विशाल ब्रिकम केसीले ५० बलमा ३८ रन बनाएर आउट हुन पुगे। मिलन बोहोराले २१ बलमा १० रन बनाएर आउट भए भने शुबास भण्डारीले १० बलमा २ रन बनाएर आउट भए। त्यस्तै हेमन्त धामीले १३ बलमा १३ रन बनाएर आउट हुन पुगेका थिए।  

प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ। राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *