आर्सनल फर्कियो इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन ७

लिग अन्तर्गत गए राति भएको खेलमा घरेलु टोली एस्टोन भिल्लामाथि ४-२ को रोमाञ्चक जित निकाल्दै आर्सनल शीर्ष स्थानमा उक्लिएको हो।

भिल्ला पार्कमा आर्सनललाई जिताउन बुकायो साका, ओलेक्जेन्डर जिन्चेन्को र गाब्रियल मार्टिनेलीले गोल गरेका थिए अर्को गोल एस्टन भिल्लाका गोलरक्षक इमिलियानो मार्टिनेजले आत्मघाती गरेका थिए।

ओली वाट्किन्सले खेलको पाँचौँ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। १६ औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई १-१ को बराबरीमा ल्याए। ३१ औं मिनेटमा फिलिपे कौटिन्होले गोल गर्दै एस्टन भिल्लालाई पहिलो हाफमा २-१ ले अगाडि बढाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *