|
२०७८ असार २
काठमाडौं । मंगलबार राति भएको युरोकपको खेलमा पोर्चुगलले हंगेरीलाई ३–० गोल अन्तरले हराएको हो ।
पुस्कास एरिनामा भएको खेलमा पोर्चुगललाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र राफेल जुरेरियोले गोल गरे । पहिलो हाफ गोलरहित बराबरी खेलेको पोर्चुगलले दोस्रो हाफमा तीन गोल गरेको हो ।
पोर्चुगलले तीन मिनेटको फरकमा तीन गोल गर्न सफल भएको हो । खेलको ८४ औँ मिनेटमा राफेलले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।
रोनाल्डोको यस खेलमा २ गोलसँगै उनी युरोकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनले हालसम्म ११ गोल गरेका छन् ।
जितसँगै पोर्चुगलले समूह एफमा १ खेलबाट तीन अंक जोडेको छ । पोर्चुगल समूहको शीर्ष स्थानमा छ ।
यता हंगेरीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्