सहिद स्मारक ’सी’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदै

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र ५

काठमाडौं : सहिद स्मारक ’सी’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा खालीबारी युथ क्लब र समाज कल्याण खेलकुद केन्द्रबीच प्रतिस्पर्धा हुनेछ ।

समूह ’ए’ मा रहेका खालीबारी र समाजबीचको खेल अपरान्ह १२ः३० बजे सुरु हुनेछ । आज दुबै टिम लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुने छन् । पहिलो खेलमा खालीबारीले झापा एफसीलाई २–१ ले हराएको थियो । समाज कल्याणले सानो गौचरण युथ क्लबलाई ३–२ गोल अन्तरले पराजित गरेको थियो ।

यस्तै दोस्रो खेलमा ओसिस क्लब र स्वयम्भु क्लबबीच खेल हुनेछ । ओसिस र स्वयम्भुबीचको खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ । ओसिस र स्वयम्भु पहिलो जितको खोजीमा रहेका छन् । अघिल्ला खेलमा दुबै टिम पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *