दुबईबाट काठमाडौं ओर्लिएलगत्तै युवक पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ७

काठमाडौं । दुबईबाट काठमाडौं आउनासाथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कैलालीको बर्दगोरिया गाउँपालिका–१, बौनियाका ३० वर्षीय बिराज तिरुवा रहेका छन् । उनी फ्लाई दुबईको विमानमार्फत असोज ५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए ।

ठगी मुद्दामा आरोपित रहेका तिरुवा अध्यागमनको कालोसूचीमा समेत रहेको पाइएपछि पक्राउ गरिएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयका एसपी राजकुमार सिलवालले बताए ।

उनको मुद्दा नवलपरासीमा रहेकाले आवश्यक कारबाहीका लागि उतै पठाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *