|
२०८३ आश्विन ७
काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले प्रयोग गरेको ‘कम्युनिस्ट भाष्य’ शब्दप्रति नेपाली कम्युनिस्ट पार्टीकी सांसद पार्वती विकले नियमापत्ति जनाएकी छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै प्रसाईंले प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमण र त्यहाँ दिने भाषण ‘कम्युनिस्ट भाष्य’ जस्तो नबनोस् भनेका थिए ।
प्रसाईंको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सांसद विकले ‘कम्युनिस्ट भाष्य’ शब्द संसद्को अभिलेखबाट हटाउन माग गरेकी छन् ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्