एमाले केन्द्रीय कमिटी बैठक बिहीबारसम्म लम्बिने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ६

काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठक बिहीबारसम्म लम्बिने भएको छ।

यसअघि बुधबार बैठक समापन गर्ने तयारी भए पनि नेताहरूले कार्यसूचीप्रति आपत्ति जनाएपछि बुधबार बिहान सचिवालय बैठक बोलाइएको छ।

एमालेका एक नेताका अनुसार सचिवालय बैठकले जारी केन्द्रीय कमिटी बैठकको कार्यसूची अनुमोदन गर्नेछ। एमालेले यसअघि नै ९ वटा कार्यसूची तय गरे पनि त्यसको औपचारिक अनुमोदन भएको थिएन।

सचिवालय बैठकपछि बुधबार दिउँसो १ बजेदेखि केन्द्रीय कमिटी बैठक पुनः सञ्चालन हुनेछ। अब बिहीबार मात्रै बैठक समापन गर्ने तयारी छ।

सोमबारदेखि सुरु भएको बैठकमा नेताहरूले लामो समयपछि केन्द्रीय कमिटी बैठक बसेकाले बोल्न चाहने सबैलाई पर्याप्त समय दिनुपर्ने माग गरेका थिए। अहिले तोकिएको समयले नपुग्ने भन्दै उनीहरूले अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *