|
२०८३ आश्विन ५
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।
बैठकमा सचिवालयले तय गरेका एजेण्डामाथि छलफल हुँदैछ । एजेण्डामा अध्यक्षको मन्तव्य, राष्ट्रिय गान, नयाँ सदस्यहरूको मनोनयन तथा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनलगायत विषय छन् ।
बैठकमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनसमेत प्रस्तुत हुने बताइएको छ ।
कार्यदलको प्रतिवेदनका आधारमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने र त्यसमा केन्द्रीय सदस्यहरूले छलफल गर्ने तयारी छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्