|
२०८३ आश्विन ५
काठमाडौं । नेकपा एमाले सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका लागि पाँच वटा एजेण्डा तय गरेको छ ।
सोमबार च्यासलस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले एजेण्डा तय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
उनका अनुसार अध्यक्ष केपी शर्मा ओलीको मन्तव्य, अध्यक्षको राजनीतिक प्रतिवेदन पेस तथा छलफल र विभिन्न कमिटीमा मनोनयनलगायत विषय एजेण्डामा छन् ।
बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्जागरणसम्बन्धी एकीकृत प्रतिवेदनसमेत पारित गरेको छ । कार्यदलको प्रतिवेदनका आधारमा अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्ने तयारी छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्