|
२०८३ आश्विन ४
काठमाडौं । नेकपा एमालेको आइतबार दिउँसो १ बजे बस्ने तय भएको केन्द्रीय सचिवालय बैठकको समय परिवर्तन भएको छ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठक अब दिउँसो ३ बजे बस्नेछ। निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक नसकिएकाले सचिवालय बैठकको समय सारिएको हो।
अध्यक्ष केपी शर्मा ओली दिउँसो १ बजे पार्टी कार्यालय च्यासल पुगे पनि करिब आधा घण्टा बसेर बाहिरिएका छन्।
अधिकारीका अनुसार कार्यदलको बैठक सकिएपछि सचिवालय बैठक बस्नेछ। निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक भने बिहान ९ बजेदेखि च्यासलमा जारी छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्