बङ्गालको खाडीमा बनेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा पर्न सक्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ४

काठमाडौं । बङ्गालको खाडीको पूर्वी क्षेत्रमा विकसित न्यून चापीय प्रणालीको प्रभाव नेपालमा समेत पर्न सक्ने मौसमविद्ले बताएका छन्।

मौसमविद् टेकबहादुर धामीका अनुसार उत्तर अण्डमान सागर तथा आसपास बनेको न्यून चापीय प्रणाली बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्दै गएको छ। उक्त प्रणाली असोज ७ गते आसपास दक्षिण ओडिशा र उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्र नजिक पुग्ने सम्भावना रहेको उनले बताए।

यसको सम्भावित प्रभाव नेपालमा समेत पर्न सक्ने भएकाले मौसम विज्ञान विभागले प्रणालीको निरन्तर निगरानी गरिरहेको जनाएको छ।

विभागका अनुसार आगामी २४ घण्टामा देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। तराईका एक–दुई स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले विभागले पहेँलो चेतावनी जारी गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *