|
२०८३ आश्विन १
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/०८३ मा मधेस प्रदेशसम्बद्ध सबैभन्दा धेरै उजुरी दर्ता भएका छन्।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार मधेस प्रदेशबाट १ हजार ४७५ वटा उजुरी दर्ता भएका छन्। सातै प्रदेशबाट कुल ५ हजार ३०५ वटा भ्रष्टाचारसम्बन्धी उजुरी परेको आयोगले जनाएको छ।
सबैभन्दा कम उजुरी गण्डकी प्रदेशबाट ४०७ वटा दर्ता भएका छन्। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वन तथा वातावरण क्षेत्रसँग सम्बन्धित उजुरी धेरै छन् भने मधेसमा भौतिक पूर्वाधार तथा यातायात क्षेत्रसम्बन्धी उजुरी बढी रहेका छन्।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्