सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी, तीन कम्प्युटरमा क्षति

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ३१

काठमाडौँ । सर्वोच्च अदालतको मुद्दा फाँटमा गएराति विद्युत् सर्ट भएर आगलागी भएको छ । आगलागीबाट मुद्दा फाँटमा रहेका टेबल, कुर्सी र तीन वटा कम्प्युटरमा क्षति पुगेको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिएका छन् ।

प्रवक्ता कोइरालाका अनुसार आगलागीबाट महत्वपूर्ण मिसिल तथा फाइलहरू भने सुरक्षित छन् । कार्यालय बन्द रहेका बेला विद्युत् सर्ट भएर आगलागी भएकाले बिहान कार्यालय खोल्दा मात्रै घटनाबारे जानकारी भएको उनले बताए ।

२०८२ भदौ २४ गते भएको आगजनीपछि सर्वोच्च अदालतले एनेक्स भवन र निर्माणाधीन नयाँ भवनबाट आफ्नो काम सञ्चालन गर्दै आएको छ । हाल निर्माणाधीन भवनको एउटा भागबाट इजलास तथा प्रशासनिक काम सञ्चालन भइरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *