|
२०८३ भाद्र ३१
काठमाडौं । छापा माध्यम बचाउ सुझाव कार्यदलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
बुधबार सिंहदरबार पुगेर कार्यदलले छापा तथा निजी सञ्चारमाध्यमको संरक्षण र प्रवर्द्धन तथा लोककल्याणकारी विज्ञापनसम्बन्धी नीतिगत सुधारको माग गर्दै लामिछानेलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
कार्यदलले छापा माध्यम र निजी सञ्चारमाध्यमको संरक्षणका लागि आवश्यक नीतिगत सुधार गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको जनाएको छ । यसअघि कार्यदलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समेत ध्यानाकर्षण पत्र बुझाएको थियो ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्