|
२०८३ भाद्र ३०
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्।
मंगलबार सभामुखको कार्यकक्षमा भएको भेटमा रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको क्षतिबारे छलफल भएको हो।
भेटका क्रममा बाढीको घटनाबारे अध्ययन तथा आवश्यक छानबिन गर्न संसदीय समिति गठन गर्ने विषयमा समेत छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।
त्यस्तै, प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिने विषयमा पनि छलफल भएको थियो।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्