११ दिनपछि सकुशल भेटिए १५ महिनाका बालक

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ३०

जनकपुरधाम । धनुषाबाट ११ दिनअघि हराएका १५ महिनाका बालकलाई प्रहरीले सकुशल उद्धार गरेको छ।

विदेह नगरपालिका–६ का सिधान्त महतो भदौ १८ गते घरको आँगनबाट हराएका थिए। अनुसन्धानका क्रममा बालकलाई अपहरण गरेको आरोपमा कमला नगरपालिका–९ की ४१ वर्षीया पुनिता देवी पासवान पक्राउ परेकी छन्।

प्रहरीका अनुसार पासवानले बालकलाई नेपाल–भारतका विभिन्न स्थानमा लुकाएर राखेकी थिइन्। भदौ २९ गते बालकलाई सडकछेउमा छाडेर भागेकी उनलाई दशगजा क्षेत्रबाट पक्राउ गरिएको हो। बालकको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *