सुर्खेत,।रूकुम पश्मिमकाे सानीभेरी गाउँपालिका–६ देउताखोला (डाङडुङ्गे) मा आइतबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका छन्।
कोटगाउँबाट गाउँपालिकाको केन्द्र सानीभेरी–९ सिम्ली हुँदै जिल्ला सदरमुकाम खलंगातर्फ आउँदै गरेको लु १ च ६०२९ नम्बरको डबल क्याप जिप आइतबार बिहान सवा ८ बजेतिर अनियन्त्रित भई सडकबाट झन्डै १०० मिटर तल खसेको हो।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदबहादुर पौडेलका अनुसार मृतकमध्ये एक जना जिप चालक र अर्की एक जना महिला रहेका छन्। मृतकहरूको पूर्ण पहिचान (सनाखत) हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी जिपका साहु एवं स्थानीय वडा सदस्य बलबहादुर पुनसहित नौ जना घाइते भएका छन्। घाइतेहरूमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ भने अन्य पाँच जनाको अवस्था मध्यम छ।
उद्धार तथा उपचारको पहल
घटनालगत्तै स्थानीय बासिन्दा र इलाका प्रहरी कार्यालय सिम्लीको टोली उद्धारमा खटिएको छ। जिल्ला प्रहरी प्रमुख पौडेल र प्रहरी प्रवक्ता हेमन्त गिरीको नेतृत्वमा थप प्रहरी टोली पनि घटनास्थल पुगिसकेको छ।
लिकाको खर्च बेहोर्ने गरी हेलिकप्टरको व्यवस्था गरिदिन गाउँपालिका र जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलाई पत्राचार गरिसकेको रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) निशान्तराज गौतमले जानकारी दिनुभएको छ। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्