कांग्रेसले बोलायो विपक्षी दलहरूको संयुक्त बैठक

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २५

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको संयुक्त बैठक बोलाएको छ। समसामयिक राजनीतिक परिस्थिति र रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्‍याएको क्षतिबारे छलफल गर्न कांग्रेसले विपक्षी दलहरूलाई बैठकमा बोलाएको हो।

कांग्रेस प्रमुख सचेतक वासना थापाका अनुसार कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाएका छन्।

बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बोलाइएको छ। बैठकमा रसुवाको बाढीबाट भएको क्षति, विपद् व्यवस्थापन, पछिल्लो राजनीतिक घटनाक्रम तथा सरकारका कामकारबाहीबारे छलफल हुनेछ। साथै संसद्मा विपक्षी दलहरूबीच साझा धारणा बनाएर अघि बढ्ने विषयमा समेत छलफल हुने कांग्रेसले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *