कांग्रेसले संसदीय दलको नेता चयन गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १३

काठमाण्डौँ । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको हो ।

बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेश गर्ने र सहमतिमा नेताको नाम टुङ्ग्याउने तयारी रहेको बताइएको छ।

कार्यसम्पादन समितिको बैठकपछि बस्नगरी सोमबार दिउँसो १ बजे संसदीय दलको बैठक पनि बोलाइएको छ । संसदीय दलको बैठकबाट दलको नेता चयनसम्बन्धी विषय पारित गर्ने कार्यसूची रहेको निर्वाचन समितिका संयोजक प्रकाश रसाइलीले जानकारो दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *