प्रधानमन्त्री बालेन र सभापति रवि लामिछानेबीच सिंहदरबारमा भेटवार्ता

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १५

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच सिंहदरबारमा भेटवार्ता भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार अभियानबारे छलफल भएको हो।

भेटमा बाढी प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा उनीहरूको व्यवस्थापनका विषयमा छलफल भएको बताइएको छ। साथै, बाढीबाट क्षतिग्रस्त सडक, पुल तथा अन्य संरचनाको पुनःस्थापनाका विषयमा समेत कुराकानी भएको थियो।

प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको सुरक्षा, राहत सामग्रीको सहज पहुँच तथा पुनःस्थापनाका लागि सरकारी संयन्त्रलाई पूर्ण क्षमतामा परिचालन गरिएको जानकारी गराएका थिए।

भेटमा प्रभावित क्षेत्रमा तत्काल आवश्यक राहत पुर्‍याउने तथा क्षतिग्रस्त संरचनाको पुनःस्थापनालाई प्राथमिकताका साथ अघि बढाउने विषयमा समेत छलफल भएको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *