रवि लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच टेलिफोन वार्ता भएको छ।

रास्वपाका अनुसार टेलिफोन वार्ताका क्रममा अमेरिकी विदेशमन्त्री रुबियोले भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। उनले विपद्को यस कठिन घडीमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी ऐक्यबद्धता रहेको बताएका छन्।

जवाफमा सभापति लामिछानेले विपद्पछिको खोजी, उद्धार तथा राहतका लागि नेपाल सरकारले उपलब्ध सम्पूर्ण स्रोतसाधन परिचालन गरिरहेको जानकारी गराएका थिए।

लामिछानेले नेपाली नागरिकसँगै नेपालमा रहेका सम्पूर्ण विदेशी नागरिकको सुरक्षाप्रति नेपाल उत्तिकै प्रतिबद्ध रहेको भन्दै अमेरिकी विदेशमन्त्री रुबियोलाई आश्वस्त पारेका छन्।

यस कठिन परिस्थितिमा अमेरिकाले नेपाललाई गरेको सहयोगप्रति लामिछानेले अमेरिकी सरकारलाई धन्यवादसमेत दिएका छन्।

टेलिफोन वार्तामा विदेशमन्त्री रुबियोले विपद्को यस घडीमा नेपाल सरकारलाई आवश्यक थप सहयोग उपलब्ध गराउन अमेरिका सधैँ तयार रहेको प्रतिबद्धता व्यक्त गरेको रास्वपाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *