बबई नदीमा करेन्ट लाग्दा किशोरको मृत्यु, चार जना पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १४

दाङ — बबई नदीमा विद्युतीय प्रवाह प्रयोग गरी माछा मार्ने क्रममा एक किशोरको ज्यान गएको छ। तुलसीपुर–११ कटाहका १३ वर्षीय नीरज चौधरी दंगीशरण–३ को पदमपुर नजिकै माछा मार्ने प्रयत्नमै करेन्टको चपेटामा परेर मृत्युवरण गरेका हुन्, इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

प्रहरीका अनुसार दंगीशरण–३ चखौराका ३५ वर्षीय सरोज चौधरीले नीरजसहित सोही वडाका रोहित चौधरी (२९), प्रदीप चौधरी (३२) र जीवन चौधरी (३०) लाई साथमा लिएर जेनेरेटरमार्फत करेन्ट प्रवाह गरी माछा मार्न नदीतर्फ लगेका थिए।

घटनापछि सरोजसहित चारै जनालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ। पक्राउ परेका सरोज चौधरी लुम्बिनी प्रदेशकी पूर्वसांसद धमकली चौधरीका छोरा भएको खुलेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *