सिमरा क्षेत्रमा बेलुकी ८ बजेसम्म कर्फ्यू

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ३

काठमाण्डौँ । बाराको सिमरा विमानस्थल क्षेत्रमा जेनजी पुस्ताका युवाहरू र नेकपा एमाले समर्थित युवाहरूबीच झडप भएको छ ।

आज एमाले महासचिव शंकर पोखरेललगायत नेताहरू सिमरा विमानस्थल हुँदै बाराको परवानीपुरमा हुने कार्यक्रममा जाँदै थिए ।

एमालेनिकट युवा संघको जागरण सभालाई लिएर सिमरा विमानस्थलमा तनाब सिर्जना भएको हो ।

युवा संघको कार्यक्रममा सहभागी हुन एमाले महासचिव पोखरेल, जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकाल र पोलिटब्युरो सदस्य महेश बस्नेत सिमरा जाँदै थिए। त्यहाँ आज एमालेको युवा संघले जागरण सभा राखेको बस्नेतले बताएका छन् ।

उनका अनुसार एमाले नेताहरू आउने थाहा पाएपछि जेनजीको एउटा समूहले विमानस्थल घेरा गरेको थियो ।

प्रदर्शनका कारण एमाले नेताहरू अच्युत मैनाली, किसान श्रेष्ठ लगायत नेताहरू विमानस्थलभित्रै रोकिएका थिए ।

एमाले नेताहरूका अनुसार सिमरा विमानस्थल वरपर तनावको वातावरण छ। ढुंगामुढासमेत भएको थियो ।

वातावरण अशान्त बनेपछि जिल्ला प्रशासन कार्यालय बाराले बेलुका ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *