पार्टी दर्ता हुनासाथ राष्ट्रिय भेला गर्ने माधव नेपालको घोषणा

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र ४

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पार्टी दर्ताको प्रक्रिया पूरा हुनासाथ राष्ट्रिय भेला आयोजना गर्ने बताएका छन् ।

पार्टीको राष्ट्रिय भेला सम्मलेन गरेर केन्द्रीय कमिटीलाई पूर्णता दिने भन्दै उनले विज्ञप्तिमार्फत भनेका छन्, ‘हाम्रो दर्ता प्रक्रिया बैधानिक रुपमा पूरा हुनासाथ राष्ट्रिय भेला सम्मेलन गरी अहिले समावेश गर्न नसकेका अनुभवी एवम् योग्य कमरेडहरुलाई समावेश गरी केन्द्रीय कमिटीलाई पूर्णता दिनेछौँ’।

एकताका सबै ढोका बन्द भएपछि वाध्य भएर ‘नेकपा एकीकृत समाजवादी’ गठन गरेको भन्दै उनले अघि भने, ‘हाम्रै पहलमा लोकप्रिय बनेको नेपालको कम्युनिष्ट पार्टीलाई कब्जा, बद्नाम एवम् समाप्त पार्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्दै हामीले नेकपा एमालेको पुनर्गठन गरी नयाँ पार्टी ‘नेकपा एकीकृत समाजवादी’ गठन गरेका छौं।’

विद्रोहको पक्षमा हस्ताक्षर गर्ने,२०७५ जेष्ठ ३ गते पार्टी एकता गर्ने बेला थपिएका, पहिले नै केन्द्रीय कमिटीमा रहिसकेका, संघीय संसदका सांसद, वैधानिक प्रावधान अनुसार पुर्याउनु पर्ने महिलालाई समावेश गरी केन्द्रीय कमिटी प्रस्ताव गरेका नेपालले विज्ञप्तिमा उल्लेख गरेका छन्।

सरकारले ल्याएको अध्यादेशको आधारमा उनले पार्टी विभाजन गरी निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादीको दर्ता गर्न निवेदन दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *