प्रतिनिधिसभा विघटनविरुद्धका १६ रिटमा आजदेखि सुनुवाइ सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १२

काठमाडौँ — प्रतिनिधिसभा विघटन र प्रधानमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर १६ वटा रिट निवेदनमाथि आजदेखि सुनुवाइ सुरु हुँदैछ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार, प्रधानमन्त्रीको नियुक्ति र संसद् विघटन बदर गरी पुनःस्थापना गर्न माग गर्दै दायर रिटमाथि प्रारम्भिक सुनुवाइ हुनेछ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने निर्णय र प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएको दाबी गर्दै परेका रिटमा राष्ट्रपति रामचन्द्र पौडेलका निर्णय सच्याउन माग गरिएको छ। साथै, पूर्वन्यायाधीशहरू मन्त्री बनेर सरकारमा सहभागी हुनु गलत भएको दाबीसमेत रिटहरूमा गरिएको छ।

सुनुवाइ सर्वोच्च अदालतको मूल भवन छेउको एनेक्स भवनको माथिल्लो तलामा रहेको पुरानो कोठामा सञ्चालन हुनेछ।
संवैधानिक इजलासमा आजका रिटहरूमाथि प्रारम्भिक सुनुवाइपछि जरुरी ठहरिए संवैधानिक प्रश्नका आधारमा थप प्रक्रिया अघि बढाइनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *