|
२०८२ आश्विन २९
काठमाडौँ – विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा नयाँ रिटहरू दायर भइरहेका छन्। मंगलबार प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै १० वटा रिट दर्ता भएका थिए।
सभामुख देवराज घिमिरेले पनि दलहरूको आधिकारिक धारणा लिएर रिट लिएर सर्वोच्च जान छलफलका लागि पूर्वसांसदहरू र दलका सचेतकहरूलाई बोलाएका छन्। उनले सबै दलहरूको साझा निर्णयपछि मात्र मुद्दा अघि बढाउने तयारी गरिरहेका छन्।
त्यस्तै, काठमाडौं विश्वविद्यालयका दुई कानुनका विद्यार्थीले समेत प्रतिनिधिसभा पुनर्स्थापनाका लागि रिट दायर गरेका छन्। उनीहरूले प्रधानमन्त्री नियुक्ति र संसद विघटनलाई असंवैधानिक ठहर गर्दै संसद पुनःआह्वानको माग गरेका छन्।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्