|
२०८३ आश्विन १५
काठमाडौं । नेकपा एमालेमा थपिएका ३३ जना केन्द्रीय सदस्यले आजदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हाल्ने भएका छन्। उनीहरूको शपथ ग्रहण दिउँसो ३ बजे पार्टी कार्यालय च्यासलमा हुँदैछ।
केन्द्रीय कमिटीको असोज पहिलो साताको बैठकबाट विधानअनुसार उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको थियो। एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार शपथपछि उनीहरूको केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी औपचारिक हुनेछ।
विभिन्न जिल्लाबाट मनोनीत भएका नेताहरूमा काशीनाथ अधिकारी, देवराज घिमिरे, हरि रिजाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, नन्दराम देवकोटालगायत छन्।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्