एभरेस्ट बैंकको साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन १५

काठमाडौं । एभरेस्ट बैंक लिमिटेडको ३२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न सभाले सेयरधनीलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यको अध्यक्षतामा सम्पन्न सभाले ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने करसहित) वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ।

सभाले सञ्चालक समितिका तर्फबाट प्रस्तुत अध्यक्षको प्रतिवेदन, आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण तथा लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ। यस्तै, बोनस सेयर जारी भएपछि बैंकको चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्तावसमेत स्वीकृत भएको छ।

त्यसैगरी, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाबाट पारित भएको छ।

सभामा १७ जना सेयरधनीले आफ्नो धारणा राखेका थिए। अधिकांश सेयरधनीले आगामी दिनमा बोनस सेयरको हिस्सा बढाउन बैंकको सञ्चालक समिति तथा व्यवस्थापनसँग आग्रह गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *