|
२०८३ आश्विन १५
काठमाडौं । आकर्षक रोजगारीको प्रलोभन देखाउँदै विभिन्न मुलुक पठाउने भन्दै रकम असुलेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
बेलायत, रोमानिया, अष्ट्रेलिया, क्यानडा र पोल्याण्ड पठाइदिने भन्दै उनीहरूले विभिन्न व्यक्तिबाट कुल रु ३४ लाख ८९ हजार लिएको उजुरी परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा वीरेन्द्र तामाङ, कमलप्रसाद गौतम, गणेशबहादुर बुढा र बद्रिकुमार तामाङ छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
प्रहरीले पक्राउ परेकालाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाएको जनाएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्