अफेयरको हल्ला तोड्दै एलिनाले प्रतापलाई भाइटीका लगाइन्

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ७

काठमाडौं: गायिका एलिना चौहान र गायक प्रताप दास पछिल्लो महिना सांगीतिक कार्यक्रममा सहभागी हुन अमेरिकामा थिए। अब स्वदेश फर्किन लागेका उनीहरूले अमेरिकामा तिहार मनाएका छन्।

एलिनाले सामाजिक सञ्जालमार्फत प्रतापलाई भाइटीका लगाएको भिडियो र फोटो सेयर गर्दै आफ्नो प्रशंसकलाई तिहारको शुभकामना दिइन्। उनले क्याप्सनमा लेखिन्, “दाजु बहिनी जस्तो पवित्र सम्बन्धमा पनि दाजुबहिनी हो भनेर प्रमाणित गर्नुपर्ने हाम्रो समाज। ह्याप्पी भाइटीका।”

सामाजिक सञ्जालमा यी दुईको मित्रता र अफेयरको हल्ला चलेको थियो। यसबारे एलिनाले पटक–पटक स्टाटस लेख्दै हल्ला खारेज गरेकी थिइन्। यद्यपि उनीहरूले अमेरिकामा दाजुभाइ भएको प्रमाणित गर्न तिहार गीत पनि सार्वजनिक गरेका थिए।

यसले दुवै कलाकारको पवित्र र मित्रवत सम्बन्ध सामाजिक सञ्जालमा स्पष्ट भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *