निर्वाचन बहिष्कार भए देश थप जटिलतातर्फ जान सक्छ : मिराज ढुङ्गाना

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २५

काठमाडौँ, असोज २५ –जेनजी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले आगामी निर्वाचनमा सबै राजनीतिक दललाई स्वच्छ प्रतिस्पर्धाका साथ सहभागी हुन आग्रह गरेका छन्। प्रधानमन्त्रीसहितको छलफलपछि शनिबार राष्ट्रपति भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचन बहिष्कारले देशलाई झनै जटिलतातर्फ धकेल्न सक्ने चेतावनी दिएका हुन्।

ढुङ्गानाले भने, “निर्वाचनमा पुराना दल सहभागी नभए निर्वाचन नै नहुने अवस्था आउन सक्छ। स्वच्छ प्रतिस्पर्धा होस्, सबै दलहरू आउनुहोस्। अधिकार सबैलाई छ, जनताले जसलाई रोज्छन्, त्यही विजयी हुन्छ।”

उनका अनुसार जेनजी आन्दोलनका करिब २० जना प्रतिनिधिहरू प्रधानमन्त्रीसहितको छलफलमा सहभागी भएका थिए। उनले हालको मन्त्रीमण्डलमा जेनजी पुस्ताको प्रतिनिधित्व अनिवार्य हुनुपर्ने माग दोहोर्याउँदै भने, “सडकको रगत क्याबिनेटसम्म पुग्नै पर्छ भन्नेमा हामी अडिग छौँ।”

तर उनले सबै जेनजी समूह समेटिएको नसमेटिएको विषयमा भने आफू बोलाउने पक्ष नभएको भन्दै टिप्पणी गर्न मानेनन्। मन्त्रीहरूको नामावलीबारे सञ्चार माध्यममा आएका समाचारबारे उनले आफूलाई जानकारी नभएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *