दलहरूसँग असोज ३० गते निर्वाचन आयोगले छलफल गर्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २२

काठमाण्डौँ । निर्वाचन आयोगले फागुन २१ गते तय भएको प्रतिनिधि सभाको निर्वाचन सम्बन्धमा छलफल गर्न दलहरूलाई बोलाएको छ ।

निर्वाचनको मिति घोषणा गरेर कार्यतालिका सार्वजनिक गर्दा समेत दलहरुलाई छलफलका लागि नबोलाएको भन्दै सरकार र निर्वाचन आयोगको आलोचना भइरहेको थियो ।

निर्वाचनमा भाग लिने दलहरुलाई छलफलमा नबोलाएको आलोचना भएसँगै निर्वाचन आयोगले असोज ३० गते छलफलका लागि दलहरूलाई डाकेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *