महावीर पुन: न सुरक्षाकर्मी, न त झण्डावाला गाडी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन १४

काठमाडौं ।  शिक्षामन्त्री महावीर पुन दशैं मनाउन पोखरा पुगेका छन्, तर मन्त्री सवारी होइन, उनले सामान्य नागरिकझैं हिँडेर घर पुगेका छन्। हाफ पाइन्ट, टिसर्ट र चप्पलमा श्रीमतीसँग सडकमा हिँडिरहेका उनको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ।

पोखरा विमानस्थलबाट ट्याक्सी चढेर नदीपुरस्थित घर पुगेका पुनले प्रहरीको सुरक्षा प्रस्ताव पनि अस्वीकार गरेका थिए। ‘मलाई केही पर्दैन’ भन्दै उनले सुरक्षा नलिएको कास्की प्रहरी बताउँछ।

पुनले श्रीमतीसँगै एटिएम गएका बेला खिचिएको तस्बिरले उनको सादगी र विनम्रता झल्काएको भन्दै धेरैले प्रशंसा गरेका छन्। मन्त्री भएर पनि सामान्य जीवन बाँच्न सकिने सकारात्मक उदाहरण उनी बनेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *