|
२०८२ भाद्र २७
काठमाडौं । नेपाली सेनाले आज काठमाडौं, ललितपुर र भक्तपुरमा दिउँसोको कर्फ्यू हटाएको छ। बिहानैदेखि सडकमा चहलपहल बढेको छ।
बिहान ६ देखि ११ र बेलुकी ५ देखि ७ बजेसम्म अत्यावश्यक कामका लागि आवतजावत खुला गरिएको छ। यस अवधिमा खाद्यान्न किनमेल, धार्मिक परम्परा पालना र कार्यालय आवतजावत गर्न पाइनेछ।
तर, जुलुस, धर्ना र प्रदर्शन भने निषेध गरिएको छ।
बेलुकी ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म पुनः कर्फ्यू लागु हुनेछ।
सुरक्षालाई कडा बनाउन सेनाले चेकजाँच कडा पारेको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्