चार महिनापछि बस्यो सार्वजनिक लेखा समिति बैठक

DaksuMedia दाक्सु मिडिया
|
२०८१ पुष ८

काठमाडौँ : प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति बैठक चार महिनापछि सोमबार बसेको छ । यसअघि सार्वजनिक लेखा समितिको बैठक भदौ ९ मा बसेको थियो ।

आजको बैठकमा महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएका बेरुजु छलफलको प्रगति समिक्षासम्बन्धी विषयमा छलफल भइरहेको छ । समिति सभापति ऋषिकेश पोखरेलले सार्वजनिक लेखा समितिको ३३ औँ बैठक भएको र यसबीचमा विभिन्न उपसमितिका एक सय १२ बैठक बसेको जानकारी दिएका थिए ।

उनले लामो समयदेखि भुक्तानी गरेको तर बेरुजु फर्छ्यौट नभएको गुनासो समितिमा आएकाले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमाथिको छलफल सक्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *