यात्रुबाट बढी भाडा असुलेको आरोपमा पाँच पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन २०

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पाँच जनालाई शनिबार बिहान बल्खुबाट पक्राउ गरेको प्रवक्ता एवं एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

काभ्रे घर भई सुविधा काउन्टरमा काम गर्ने २४ वर्षीय दुर्गा तामाङ, कीर्तिपुर बस्ने २६ वर्षीय सुजन हुमागाईं, चन्द्रागिरि बस्ने ३६ वर्षीय सुनिल नगरकोटी,गढीमाई सुमो सेवाका सुमो चालक २४ वर्षीय ओजिर अन्सारी र लालिगुँरास काउन्टरका चालक २४ वर्षीय कृष्णबहादुर योञ्जन पक्राउ परेका छन्। 

सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले शनिबार बिहान बल्खु क्षेत्रमा अनुगमन गरेको थियो। अनुगमनको क्रममा तोकिएको भन्दा बढी भाडा असुल गरेको पाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *