काठमाडौं : अन्तर्राष्ट्रिय कथा वाचिका प्रतिभा पराजुली, अर्थात् ‘देवी प्रतिभा’ले विवाह गरेको खुलासा भएको छ । छिमकी मित्रराष्ट्र भारतमा आध्यात्म प्रवचनमा तेस्रो नम्बरमा कहलिएकी २३ वर्षीया प्रतिभाले एक टेलिभिज कार्यक्रममा आफू अविवाहित भएको बताएकी थिइन् । तर उनले भारतीय युवक शैलेन्द्र नन्द अर्थात् बाल प्रभूजी महाराजसँग १६ वर्षको कलिलै उमेरमा विवाह गरेको खुलासा भएको हो ।
उनका श्रीमान उत्तर प्रदेश निवासी शैलेन्द्र पनि कथावाचक रहेको छन् । उनहरु विवाह वन्धनमा बाधिएका तस्विर पनि सार्वजनिक छन् । तर उनले एपी वान टेलिभिजनलाई केही दिनअघि दिएको एक अन्तरवार्तामा आफू अहिलेसम्म अविवाहित रहेको तर भविष्यलाई कसैले पनि देख्न नसक्ने बताएकी थिइन् ।
साथै उनले भोलि के हुन्छ स्वीकार गरौंला भन्दै जवाफ फर्काएकी थिइन् । अन्तरवार्ता प्रस्तोता प्रकाश सुवेदीले प्रतिभालाई प्रश्न गरेका छन्, ‘भविष्यमा के गर्ने त ? यसैगरी कथावाचन गरेर मात्र हिँडिरहने कि विवाह वन्धनमा पनि बाँधिने ?’
उनले जवाफ दिँदै भनेकी छिन्, ‘यस्तो हो, भविष्यलाई कसैले पनि देख्न सक्दैन । भगवानले पनि स्वीकार गर्नुभएको छ, गृहस्थ धर्मलाई । गृहस्थ आश्रममा प्रवेश गरेर भगवत प्राप्त गर्न सकिन्छ । भगवानलाई पाउन साधु-सन्त नै बन्नुपर्छ, बनमा गएर भगवान खोज्नुपर्छ भनेर कहीँ पनि लेखिएको छैन । मलाई गृहस्थ आश्रमबाट केही दिक्कत छैन । मत भन्छु सबैभन्दा उत्कृष्ट आश्रम हो । म आफूलाई सन्न्यासी साधुसन्त बनेर चिनाउन चाहन्न ।’
यस्तै सुवेदीले अर्को प्रश्न साध्दै भने, केही सोच्नुभएको छ त ? उनको जवाफ थियो, भोलिको प्लान आज गरेर चल्दैन । भोलि के होला भन्ने सोच्नमा विश्वास गर्दिनँ । आज जे होला होला । भोलि के हुन्छ स्वीकार गरौंला । तर उनले यो कुरा झुट बोलेको सावित भएको छ । यस्तै अहिले उनले पशुपति कोटीहोम सहभागी भएपछि लिएको पारिश्रमिकका बारेमा पनि बहस भइरहेको छ ।
भारतको बृन्दावनमा रही प्रवचनमा स्थापित प्रतिभा अहिले पशुपति क्षेत्रमा सञ्चालन भइरहेको ‘पशुपति कोटीहोम तथा १०८ श्रीमद्भागवत विश्वकल्याण मासिक ज्ञान महायज्ञ–२०८१’मा सहभागी भएकी थिइन् । तर उनी मंगलबार यहाँबाट विदाइ भएकी छिन् । उनको जन्म नेपालको काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० ज्वानेटारमा भएको थियो । हाल उनी भारतको बृन्दावनमा बस्दै आएकी छिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया