बुध ग्रह हिराले भरिएको वैज्ञानिकको निष्कर्ष !

DaksuMedia दाक्सु मिडिया
|
२०८१ श्रावण ८

काठमाडौँ : हाम्रो सौर्यमण्डलमा सूर्यको सबैभन्दा नजिक रहेको बुध ग्रहमा ठुलो मात्रामा हिरा रहेको तथ्य वैज्ञानिकहरूले पत्ता लगाएका छन् । हालै गरिएको एक अध्ययनले बुध ग्रहको सतहको मुनि हिराको बाक्लो तह हुनसक्ने देखाएको छ । लाइभ साइन्सले प्रकाशित गरेको रिपोर्टमा यस विषयमा जानकारी दिइएको छ ।

चीनको बेइजिंगस्थित सेन्टर फर हाइ प्रेसर साइन्स एण्ड टेक्नोलोजी रिसर्चका वैज्ञानिक तथा शोधका सह लेखक यानहाओ लिनका अनुसार बुध ग्रहको अत्यधिक उच्च कार्वन सामग्रीले यो ग्रहको सतहमुनि केही खास रहेको रहस्य बताउँछ । उनका अनुसार बुध ग्रहमा एक चुम्बकीय क्षेत्र छ, यद्यपि यो पृथ्वीको तुलनामा निकै कमजोर छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *