
बेइजिङ : चीन र बेल्जियमका वैज्ञानिकहरूले एउटा अचम्मित पार्ने खोज गरेका छन् ।
सूर्यको सबैभन्दा नजिकको ग्रह बुधमाथि अनुसन्धान गर्ने क्रममा यस ग्रहको सतहमा करिब ९ माइल (१४ किलोमिटर) बाक्लो हिराको तह बनेको हुन सक्ने दाबी वैज्ञानिकहरूले गरेका छन् । यो अध्ययनको प्रतिवेदन नेचर कम्युनिकेसन जर्नलमा ‘बुधमा हिरै हिराको बाक्लो सतह’ भन्ने शीर्षकमा छापिएको थियो ।
बेइजिङ । चीन र बेल्जियमका वैज्ञानिकहरूले एउटा अचम्मित पार्ने खोज गरेका छन् । सूर्यको सबैभन्दा नजिकको ग्रह बुधमाथि अनुसन्धान गर्ने क्रममा यस ग्रहको सतहमा करिब ९ माइल (१४ किलोमिटर) बाक्लो हिराको तह बनेको हुन सक्ने दाबी वैज्ञानिकहरूले गरेका छन् । यो अध्ययनको प्रतिवेदन नेचर कम्युनिकेसन जर्नलमा ‘बुधमा हिरै हिराको बाक्लो सतह’ भन्ने शीर्षकमा छापिएको थियो ।
यस प्रक्रियाले उनीहरूलाई सन्तुलन चरणमा खनिजको अध्ययन गर्न मद्दत मिल्यो । बुधको आइरन ओरमा सल्फरको उपस्थितिले क्रिस्टलाइजेशन प्रक्रियालाई सहज बन्यो । यसका कारण कोर मेन्टलको सीमामा हिरा बन्यो । हिराको तहका कारण ग्रहको तापक्रम उच्च रह्यो । यसका कारण चापीय चालकता र चुम्बकीय निर्माणलाई असर गर्यो । यो तहले कोरबाट मेंटलसम्म तातो ट्रान्सफर गर्नमा मद्दत गर्छ । बुध ग्रहमा देखिएको प्रक्रिया अन्य ग्रहमा पनि भेटिन सक्ने र त्यहाँ पनि यस्तै खालको हिराको पत्र पाउन सकिने अध्ययनको निष्कर्ष छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया