अनमोल केसीको पारिश्रमिक ५० लाख

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार ३०

काठमाडौँ : अभिनेता अनमोल केसीले फिल्म ‘फर्की फर्की’ मा ५० लाख पारिश्रमिक लिएको खुलेको छ। केसीले ‘फर्की फर्की’ फिल्मबाट आफूले प्राप्त गरेको पारिश्रमिक र त्यस बापत सरकारलाई तिरेको करको रकम सार्वजनिक भएको छ।

निर्माता रोहित अधिकारीले सामाजिक सञ्जालमा अनमोल केसीले तिरेको करको रसिदलाई सार्वजनिक गरेका हुन्।

नेपालमा कलाकारहरुले यसरी आफूले प्राप्त गरेको पारिश्रमिकबापत तिरेको करको रकम सार्वजनिक गरेको पाइदैन। तर अनमोलले भने सार्वजनिक गरेका छन्।

अनमोलले फिल्मबाट पाएको ५० लाख पारिश्रमिक बापतको १५ प्रतिशत प्रत्यक्ष (टीडीएस) कर सरकारलाई तिरेका हुन्। करबापत उनले ७ लाख ५० हजार रुपैयाँ तिरेको उनले खुलाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *