गृहमन्त्री ज्यु अझै ७ दिन बाँकी छ भ्रष्टाचारका फाइल खोल्नुस् : ज्ञानेन्द्र शाही

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार २३

काठमाडौँ : क्यान्टनमेन्ट घोटालाको फाइल खोल्न गृहमन्त्रीलाई प्रमुख सचेतक शाहीको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञान बहादुर शाहीले क्यान्टनमेन्ट घोटालाको फाइल खोल्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई आग्रह गरेका छन्


आइतवारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै प्रमुख सचेतक शाहीले गृहमन्त्री लामिछानेलाई क्यान्टनमेन्ट घोटालाको फाइल खोल्न आग्रह गरेका हुन्।

उनले जिबि राईलाई पक्राउ गरेर ल्याउन पनि आग्रह गरे। अझै सरकारको ७ दिन बाँकी रहेको भन्दै उनले यो बिचमा भ्रष्टाचारको फाइलहरू खोलेमा आफूहरुको साथ र समर्थन रहने बताए। उनले सुकुम्वासीहरूलाई खोला किनाराबाट हटाउन काठमाडौं महानगरपालिकाले पत्र पठाएर गृह मन्त्रीलाई पटक–पटक आग्रह गरेपनि प्रहरी नपठाएको बताए।

गृहमन्त्रीले संसदमा आएर ठूलो कुरा मात्रै गरेको उनको भनाई थियो।

प्रमुख सचेतक शाहीले संविधान संशोधन गर्नुपर्ने बताए। उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने व्यवस्थामा जानुपर्ने बताए।

उनले भने, ‘मलाई बढी केही माग्नु छैन गृहमन्त्रीबाट। जिबि राई पक्राउ गरेर ल्याउनुस्। यहीँ संसदमा हामी फूलमालाले स्वागत गर्छौं। ०७२ घण्टामा निर्मला पन्तको हत्यारा पत्ता लगाउँछु भन्नुभयो। सबै जनताले पत्याएर भोट हाल्यौँ। १२४ दिन भयो सरकारमा गएको आज के भयो? अझै ७ दिन फाइल खोलौँ। झ्याम कि झ्याम यहीँबाट पक्राउ गरेर जेल हालौँ।’

उनले भने, ‘गृहमन्त्रीज्यूलाई काम गर्ने कुरामा समर्थन छ, क्यान्टनमेन्ट घोटालामा कसको नाम छ रोष्टममा आएर बताउनुस्। हामी तपाईंलाई समर्थन गर्छौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *