गृहमन्त्रीले ‍फाइल खोल्दिम् भनेर तर्साउने हो र ? : गगन थापा

DaksuMedia दाक्सु मिडिया
|
२०८१ जेष्ठ ६

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेले भनेका विषयमा फाइल खोल्न कांग्रेस तयार रहेको बताएका छन्।

गृहमन्त्री लामिछानेले संसदमा सम्बोधन गरेपछि आइतबार साँझ कांग्रेस महामन्त्री थापाले गरेको पत्रकार सम्मेलनमा लामिछानेले आज उठाएका विषयमाथि छानबिन गर्न तयार रहेको धारणा राखेका हुन्। थापाले लामिछानेको सिंगो प्रयास सांसद र जनतालाई बहकाउने प्रयास भएको बताए। थापाले लामिछाने गृहमन्त्री हो कि टेलिभिजन प्रस्तोता हो भन्दै प्रश्न उठाए। उनले भने,‘तेरो फाइल खोल्दिम, तेरो अनुसन्धान गर्दिम भनेर तर्साउने हो र ? गृह मन्त्रालय भनेको ठूलो जिम्मेवारी हो, धमाधम फाइल खोल्ने हो, धमाधम अनुसन्धान गर्ने हो, गलत भए कारबाही पो गर्ने हो त ।’

थापाले कांग्रेसले लामिछानेलाई प्रधानमन्त्री बनाउन कुनै अफर नगरेको बताए। तर उनले रास्वपाका नेताले डेमोक्रेटिक अलाइन्स बनाउन तयार रहेको सन्देश लिएर आइरहेको उल्लेख गरे। थापाले संसदमा सहकारीबाट ऋण लिएको छैन भनेपनि लामिछाने सहकारी ठगीमा संलग्न रहेको प्रमाण आफूसँग रहेको दाबी गरे। उनले सहकारीबाट ऋण लिएर गोर्खा मिडियामा शेयर किनेको कागजातबाट पुष्टि हुने दाबी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *