जो-जोले चलाएका छन्, चलाउन दिऔँ, अहिले सरकारतिर हेर्दै नहेरौँ : गगन थापा

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार ११

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८४ को निर्वाचन जित्ने गरी काम गर्न पार्टीका कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

काठमाडौंमा मंगलबार आयोजित भ्रातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनमा उनले सरकारतिर ध्यान नदिई २०८४ को निर्वाचन जित्ने गरी काम गर्न पार्टीका कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् ।

महामन्त्री थापाले सरकार चलाउने जिम्मा अहिले सरकारमा रहेका दलहरूलाई नै छोडिदिन पनि आग्रह गरे ।

‘यो सरकार जसले चलाइरहेको छ, यसलाई चलाउन दिउँ । एमाले, माओवादी, घण्टी, जो-जोले चलाएका छन्, चलाउन दिऔँ, चलाऊन्,’ उनले भने, ‘सरकारतिर हामी हेर्दै नहेरौँ । र यति राम्रोसँग हामी पार्टी निर्माण गरौँ कि पार्टीलाई स्वच्छ पनि पारौं, बलियो पनि बनाऔँ । तलैबाट पार्टीको एकता पनि गरौँ । हार्दिकता पनि बढाऔँ ।’

‘२०८४ मा कम्तिमा पनि सय सिट जित्ने गरी र ४० प्रतिशत मत ल्याउन सक्ने गरी गयौँ भने यही मिश्रित प्रणालीमा एकल सरकार चलाउने तागत मात्रै होइन, संविधानमा लेखिएका यी कुराहरूलाई सकारात्मक ढंगले कार्यान्वयन गर्न सक्ने त्यो तागत पनि कांग्रेसले राख्छ,’ उनले भने ।

आगामी चुनावमा ४० प्रतिशत मत ल्याउन सक्ने गरी अगाडि बढिए अहिलेकै निर्वाचन प्रणालीमा एकल सरकार चलाउने तागतमात्रै नभएर कांग्रेससँग संविधानमा लेखिएका कुराहरू सकारात्मक ढंगले कार्यान्वयन गर्न सक्ने तागत हुने थापाको भनाइ थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *