|
२०८१ श्रावण ५
काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ सहमतिपछि प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले दुई वर्षपछि आफ्नो पार्टीलाई सरकार हस्तान्तरणमा संशय रहेको टिप्पणी गरेका छन्।
शनिबार ४२ औं बीपी स्मृति दिवसका सन्दर्भमा ओजित एक कार्यक्रममा उनले भने, ‘सहमतिका बुँदाहरूमध्य एउटा बुँदामा हामीले स्थिरिता दिन्छौं भनेर भन्यौं। सरकार असाध्यै बदलिए, त्यही कारण अब हामी २०८४ सम्म हामी तलमाथि गर्दैनौं भनेर भन्यौं।’
नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमति अनुसार पहिलो चरणमा २ वर्षसम्म नेकपा एमाले अध्यक्ष ओली र त्यसपछि आफ्नो पार्टीका सभापतिको नेतृत्वमा सरकार बन्ने समझदारी भएको उल्लेख गर्दै थापाले त्यो पालना हुनेमा सबैका मनमा संशय रहेको बताए।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्