
काठमाण्डौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जाल विधेयक सच्याएर, संशोधन भएर मात्रै पारित हुने बताएका छन् ।
सोमबार पत्रकारसँग कुराकानी गर्दै उनले सरकारले सामाजिक सञ्जाल नियमनको विषयमा ल्याएको विधेयक आएको जसरी कानुन नबन्ने स्पष्ट पारेका छन् ।
सरकारले ल्याएको अध्यादेश एक–दुई दिनमा संसद्मा टेबल हुने उनको भनाइ छ । टेबल भएपछि संसद्बाट छलफलसहित पास हुने उनले बताएका छन् । ‘अध्यादेश एक–दुई दिनमा संसद्मा टेबल हुन्छ ।
यस्तै महामन्त्री थापाले पार्टीको महाधिवेशन २०८४ सालको आम निर्वाचनअघि नै हुने बताए । विधानले एक वर्ष समय थप गर्नसक्ने व्यवस्था गरेको भए पनि दुई–तीन महिना तलमाथि भए पनि एक वर्ष पूरै नथपिने उनको भनाइ छ ।
‘
फेसबुकबाट तपाईको प्रतिक्रिया